आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, ६ चैत
झापा, कन्काई नगरपालिका–६ मन्सापुर बस्ने डम्बर बहादुर बस्तोलाको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कास्की, माछापुच्छ्रे गाउँपालिका-६ अस्तामस्थित बिकाश अधिकारीको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ३लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धनकुटा, चौबिसे गाउँपालिका-१ मुक्तारा बस्ने भीम बहादुर सुर्जे मगरको भान्सा घरमा मंगलबार साँझ आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
पाँचथर, फिदिम नगरपालिका-६ गैरीगाउँ मगरटोल बस्ने सोम कुमार थापामगरको कुखुरा फर्ममा विद्युत सर्ट भईमंगलबार दिउँसो आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनुषा, कमला नगरपालिका-८ टेडा बस्ने रामजी राय कुर्मीको घरमा विद्युत सर्ट भई मंलगबार बेलुकी आगलागी हुँदा वासिङ मेसिन, फ्रिज, लत्ताकपडा लगायतका सरसामान जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका–१४ एफगाउँ बस्ने कामी तामाङको गोठ र घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
महोत्तरी, बर्दिबास नगरपालिका-१४ तल्लो बजार बस्ने टिका बुर्जा मगरको घरको तल्लो तलामा संचालन गरेको खाजा पसलमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर र पसलमा रहेका विभिन्न सरसामान, नगद तथा गरगहना गरीकरिब १६ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-९ सिर्जना टोल बस्ने महेश प्रसाद जोशीको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–२ चपली घुम्तिस्थित चौरमा सोही ठाउँ बस्ने भारत घर भएका महमद साराजुको पार्किङ गरी राखेको लु.२ त १३९९ नम्बरकोट्याक्टर र लुगा पेल्ने मेसिनमा मंगलबार साँझ आगलागी हुँदा अन्दाजी २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाँके, खजुरा गाउँपालिका-८ चमकदारपुर बस्ने ७५ वर्षीयअयुप खाँको घरमा मंगलबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर अन्दाजी २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-७ कल्याणचोक बस्ने शरण कुमार राईको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो लागेको आगो फैलिएर अन्य ६ जनाको घरमा समेत आगलागी हुँदा करिब १ करोड २२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बागलुङ, जैमिनी नगरपालिका-२ बिराउने बस्ने मेखनाथ सापकोटाको खरबारीमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने उमाकान्त सापकोटाको गोठ र कुखुरा फर्ममा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
तनहुँ, ऋषिङ्ग गाउँपालिका-४ लाकुरी बस्ने ५० वर्षीयपुर्ण बहादुर थापाको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।
तेह्रथुम, आठराई गाउँपालिका-५ होडा बस्ने ५५ वर्षीय मेदेनी प्रसाद धिमालको ग्वालीमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्