जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

बर्दिया, १५ फागुन  

बाँसगढी नगरपालिका-५ बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय राम बहादुर बुढाथोकी समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद लाख ८४ हजार रूपैयाँ, मोबाईल थान बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)