साइप्रस पठाइदिन्छु भन्दै ९ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ

साइप्रस पठाइदिन्छु भन्दै ९ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–३ बस्ने ३७ वर्षीय सरोज मल्ल रहेका छन्। मल्लले साइप्रस पठाइदिने भन्दै एक जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ लिएपछि सम्पर्कविहीन भएको आरोप छ।

पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले मल्ललाई भक्तपुरको चाँगुनारायण नगरपालिका–३ बाट पक्राउ गरेको हो।

पक्राउ परेका मल्ललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।