सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ

सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ

ठाँटी खबर, सुर्खेत, सुर्खेतको वीरेन्द्रनगरबाट नगद र ताससहित सात जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर नगरपालिका-११ पिपिरास्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय कटक शाहीसहित सात जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई जुवा खेलिरहेको ठाउँबाटै रङ्गेहात पक्राउ गरेको हो।

प्रहरीले जुवाको खालबाट १ लाख ८८ हजार ३ सय ९५ नेपाली रूपैयाँ, ५ हजार ५ सय २० भारतीय रूपैयाँ र १८ बुक ताससमेत बरामद गरेको छ। पक्राउ परेका सबैजनालाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।