रुखबाट स्याउला काट्ने क्रममा करेन्ट लाग्यो, महिलाको मृत्यु

रुखबाट स्याउला काट्ने क्रममा करेन्ट लाग्यो, महिलाको मृत्यु

कञ्चनपुर, ३१ भदौ । आफ्नै घरनजिक रुखबाट स्याउला काट्ने क्रममा करेन्ट लाग्दा कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–९, ब्रह्मदेवकी ४८ वर्षीया किस्मती देवी नाथको बुधबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्याउला काट्ने क्रममा रुखको हाँगा विद्युत्को तारमा खसेपछि करेन्ट लागेर गम्भीर घाइते भएकी नाथको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

विद्युत्को तार आसपास रुखका हाँगा काट्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।