ओली र लेखकलाई आइतबार अदालतमा पेस गरिने
- thantikhabar
- March 28, 2026
65
SHARES
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने तयारी गरिएको छ। शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई हाल प्रहरी हिरासतमा राखिएको छ।
प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि थुनामा राख्ने अनुमति माग गर्दै सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँमा पेश गर्ने जनाएको छ। अदालतले अनुमति दिएमा निश्चित अवधिसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था रहेको छ।
हाल दुवै नेता जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएका छन्। उनीहरूलाई भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा पक्राउ गरिएको हो।
उक्त घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो प्रतिवेदनमा जिम्मेवार व्यक्तिमाथि अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको थियो। सोही आधारमा प्रहरी प्रशासनले कारबाही प्रक्रिया अघि बढाएको हो।
आन्दोलनका क्रममा भएको मानवीय क्षतिलाई लिएर लापरबाही भएको निष्कर्ष निकाल्दै प्रतिवेदनले तत्कालीन उच्च नेतृत्वमाथि अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन सुझाव दिएको थियो। अहिले सोही सिफारिस कार्यान्वयनको चरणमा पुगेको देखिन्छ।
- साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
- आजको मौसम: देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, बाँकी स्थानमा मौसम सफा
- आजको राशिफल: २०८३ वैशाख ८ गते, मंगलबार
- राजधानीमा दिउँसै चोरीको बिगबिगी: कुलेश्वरबाट ४ लाख नगद र सुनका गहना गायब!
- पाल्पामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा २२ वर्षीय युवक पक्राउ
- उदयपुरमा वृद्धाश्रम पुग्ने उमेरका वृद्धहरूबीच खुकुरी हानाहान: ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीय छिमेकीको हत्या!
- लागूऔषधविरुद्ध प्रहरीको ‘महा-अप्रेसन’: देशैभरबाट ४१ जना समातिए, भारतीय नागरिकदेखि सासू-बुहारीसम्म पक्राउ!
- रास्वपाको महामन्त्रीमा भूपदेव शाह चयन, सचिवालयमा सागर ढकाल र सरिताश्री थपिए
- SEE पछिको समयलाई शक्तिमा बदल्दै मिडिया ठाँटी: व्यापार प्रमुख सृजना गौतमको नेतृत्वमा ७०% छुटको ऐतिहासिक अवसर
- निजामती कर्मचारीलाई खुसीको खबर: अब महिनामा दुई पटक तलब, सरकारले थाल्यो विशेष तयारी

प्रतिकृया दिनुहोस्