पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च हिमाली भेगमा हिमपातको सम्भावना

पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च हिमाली भेगमा हिमपातको सम्भावना

काठमाण्डौँ, फाल्गुण ५ || आज देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्छ। मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम आंशिक बदली रहनेछ र केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान छ। कर्णाली प्रदेशका पहाडी क्षेत्रमा बादल लाग्ने र एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। देशका अधिकांश स्थानमा बिहानको समयमा कुहिरो लाग्न सक्ने भएकाले यातायात र हवाई उडानमा सामान्य प्रभाव पर्न सक्छ।

राष्ट्रिय पूर्वानुमानअनुसार हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आगामी २४ घण्टामा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका भूभागमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। प्रदेशगत रूपमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बादलको मात्रा बढी रहने र बाँकी भूभागमा मौसम सामान्य रहने पूर्वानुमान गरिएको छ। सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।