काठमाडौंको रानीबारीमा गोरखाकी अमृता बराम आफ्नै कोठामा मृत फेला

काठमाडौंको रानीबारीमा गोरखाकी अमृता बराम आफ्नै कोठामा मृत फेला

काठमाडौं, काठमाडौं महानगरपालिका-३ रानीबारीमा डेरा गरी बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएकी ४२ वर्षीया अमृता बराम आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

घटनाको बारेमा स्थानीय बासिन्दाले खबर गरेलगत्तै महानगरीय प्रहरी वृत्तबाट खटिएको टोलीले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएको छ ।

मृतकको शव परीक्षणका लागि अस्पताल पठाइएको छ भने यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।