साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
काठमाडौँ। वित्तीय क्षेत्रमा आफ्ना उत्कृष्ट सेवा र सबल उपस्थितिका साथ निरन्तर अग्रस्थानमा रहँदै आएको साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड आफ्नो स्थापनाको २२ वर्ष पूरा गरी गर्वका साथ २३औँ वर्षमा प्रवेश गरेको छ। स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल यस विकास बैंकले दुई दशकभन्दा लामो व्यावसायिक यात्रा पार गर्दै आधुनिक, विश्वसनीय र प्रभावकारी बैंकिङ सेवा प्रदान गरेर नेपाली वित्तीय बजारमा छुट्टै बेन्चमार्क स्थापित गर्न सफल भएको छ।
यस विशेष र ऐतिहासिक अवसरमा बैंकले आफ्ना सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शेयरधनी महानुभावहरू, नियमनकारी निकायहरू, देश तथा विदेशमा रहनुहुने समस्त शुभचिन्तकहरू, मिडिया जगत् तथा अहोरात्र खटिने कर्मचारीहरूप्रति हार्दिक आभार तथा उच्च कृतज्ञता व्यक्त गरेको छ।
बैंकले आजको यस उचाइसम्मको यात्रा तय गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग र भरोसा प्रदान गर्नुहुने सबैप्रतिको आदरभावलाई विशेष रूपमा स्मरण गरेको छ।२३औँ वर्षको नयाँ यात्रा प्रारम्भसँगै साङ्ग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सेवाहरूलाई समयसापेक्ष अझ बढी स्मार्ट, सुरक्षित र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। आगामी दिनमा पनि ग्राहकहरूको अटुट विश्वास र भरोसालाई उच्च कदर गर्दै अत्याधुनिक वित्तीय समाधानमार्फत थप सहज र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न बैंक सधैँ समर्पित रहने दृढ संकल्प व्यक्त गरिएको छ।




प्रतिकृया दिनुहोस्