पाल्पामा कालीगण्डकी नदी किनारमा अज्ञात पुरुषको शव फेला

पाल्पामा कालीगण्डकी नदी किनारमा अज्ञात पुरुषको शव फेला

पाल्पा। पाल्पाको बगनासकाली गाउँपालिका–६ बेल्टारीस्थित कालीगण्डकी नदी किनारमा अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

शुक्रबार फेला परेका ती व्यक्तिको नाम, थर र स्थायी ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक प्रक्रिया अघि बढाएको छ।

मृतकको पहिचान खुलाउने तथा घटनाको कारण पत्ता लगाउने उद्देश्यले प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।