सवारी दुर्घटनामा चार जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

ाठमाडौं, १० जेठ    

ललितपुर, ललितपुर महानगरपालिका४ एकान्तकुना खरिबोटस्थित सडकमा बा.२ ख ३४८ नम्बरको बसले बा.७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदामोटरसाइकल चालक काठमाडौं नैकाप बस्ने गोरखा घर भएका ३० वर्षीय संजिब अधिकारीको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा शनिबार दिउसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, बागमती नगरपालिका-१ पानी टयाङ्की चोकमाना.७ ख ६३९१ नम्बरको टिपरले बा.६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मलंगवा नगरपालिका-१० बस्ने २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको टिपरले निबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालबारामा थप उपचारको क्रममा शनिबार दिउसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुम्ला, तिला गाउँपालिका-४ भोटचौरस्थित डकमा क.१ ह ३१ नम्बरको अटो दुर्घटना हुँदा चालक तातोपानगाउँपालिका- सर्मि बस्ने ४४ वर्षीय रण बहादुर कुवरको मृत्यु भएको छ । शुक्रबार राति भएको उक् दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

सिराहा, भगवानपुर गाउँपालिका-१ कल्याणपुरस्थित सडकमा सप्तरीबाट भगवानपुरतर्फ आउदै गरेको म.प्र.०१-००५ प ५०५२ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा चालक सखुवानन्कारकट्ट गाउँपालिका-४ बस्ने २९ वर्षीय सुरेश कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।