सवारी दुर्घटनामा ८ जनाको मृत्यु
काठमाडौं, ८ वैशाख
कालिकोट, पलाता गाउँपालिका-२ लार्फा ठाटी डाँडास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टर गएरातिदुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक मुगु खत्याड गाउँपालिका-५ कवा बस्ने २५वर्षीय चन्द्र प्रकाश रोकाया तथा ट्याक्टरमा सवार कालिकोट पतला गाउँपालिका-४ बस्ने २१ वर्षीय रविन्द्र वि.क, ३२ वर्षीया सदु बुढा र २६ वर्षीया अम्बा शाही रहेका छन् ।
काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका-३ नयाँ गाउँस्थित सडकमा बा. १८ च ९९५९ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ५८ वर्षीय गोठे कामीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । प्रहरीलेहाल फरार स्कारपियो चालकको खोजी गरिरहेको छ ।
पाल्पा, बग्नासकाली गाउँपालिका-४ मलेङस्थित सडकमा लु. १ ज १७२४ नम्बरको जिप आइतबार बेलुकी दुर्घटना हुँदा जिपमा सवार स्याङ्जा कालिगण्डकी गाउँपालिका-१ बस्ने १८वर्षीया एलीसा सारूको घटनास्थलमै मृत्यु भएको छ । साथैदुर्घटनामा घाइते भएका ५ जनालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ, बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभिरस्थितसडकबाट बा.प्र.०२-०२४ प ४०५४ नम्बरको मोटरसाइकलत्रिशुली नदीमा खसेर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली तीनपाटन गाउँपालिका-९ बस्ने २६ वर्षीय मिन बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
पर्सा, जगरनाथपुर गाउँपालिका-२ पाण्डेपुरस्थित सडकमा ग. ५ प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार जिराभवानीगाउँपालिका-२ बस्ने ३० वर्षीय बिहारी रामको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागिएल.एस.न्यूरो अस्पताल बारातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कुराको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ ।



प्रतिकृया दिनुहोस्