आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ५ चैत

रौतहट, बृन्दावन नगरपालिका-७ नहर टोल बस्ने रामबाबु गुप्ताको घरको भान्सा कोठामा सोमबार साँझ आगलागी हुँदाकरिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी रौतहट, चन्द्रपुर नगरपालिका-३ चिसापानी बस्ने आइते सिंह जिम्बाको घरमा सोमबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

महोत्तरी, रामगोपालपुर नगरपालिका-८ टिकुलिया चोक बस्ने कमलेश प्रसाद साहको घरमा सोमबार राति आगलागीहुँदा करिब लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

भोजपुर, अरण गाउँपालिका-४ सुन्तलाबरीस्थित वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने सिता देबी भुजेलको घर र गोठ, कमला देवी भुजेलको गोठदान बहादुर भुजेलको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

यसैगरी भोजपुर, हतुवागढी गाउँपालिका-६ स्थित सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही गाउँपालिका-६ माटोखान बस्ने ७९ वर्षीय जय नारायण राईको घरगोठ जलेर करिब १ लाख ८८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  

यसैगरी भोजपुर, रूण गाउँपालिका-७ सिक्रेटारस्थित सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने भेषराज कोइरालाको २ वटा गोठ, दत्त नारायण श्रेष्ठको घर र गोठ, मित्र बहादुर राईको गोठ, राज कुमार तामाङको घर गोठ, विक्रम राइको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।  

यसैगरी भोजपुर,रूण गाउँपालिका-६ मालबासे खिसुगौरास्थित सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने इन्द्र प्रसाद बरालको घर र गोठ, नबिन राईको घर, मदन तामाङको गोठ, छत्र बाहदुर राईको गोठ, नगेन्द्र राईको गोठ समेत जलेर करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तेह्रथुम, छथर गाउँपालिका३ अधेरी सामुदायिमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्नेचन्द्र बहादुर लिम्बुको घर, राम बहादुर लिम्बुको गोठ र दुर्गा बहादुर लिम्बुको गोठमा समेत आगलागी हुँदा तीनै जनाको गरी करिब १ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी तेह्रथुम, छथर गाउँपालिका२ फेजुङस्थित सामुदायिक वनमा मंगलबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने रन बहादुर लिम्बुको घर र उनकै भा टंक बहादुर लिम्बुको घरमा समेत आगलागी हुँदा अन्दाजी ६ लाख ६२ हजार ४ सय ७० रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  

पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ बस्ने बेलि महत्तोको घरमा मंगलबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने भुषण महतोको घरमा समेत आगलागी हुँदा करिब १ लाख २५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी पर्सा, पकाहामैनपुर गाउँपालिका-बस्ने हनुमान महतो कोईरीको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किएर सोही ठाउँ बस्ने नरेश महतो कोईरीको घरसमेत र्णरपमा जलेर करिब ४ लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ ।

मकवानपुर, बागमत गाउँपालिका-१ चिसापानीस्थित बारीमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ५० वर्षीय आईते सिं जिम्बाको घरमा समेत आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवास्थित सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने अदम राईको घर गोठ, शम्मर बहादुर राईको , नगेन्द्र कुमार राईको , रन बहादुर राईको मतान, पबिन्द्र कुमार राईको घर र मतान, कृष्ण बहादुर राईको घर र मतान,चयन कुमार राईको घर र मतान, टंक बहादुर राईको,हिराधन राईको घर र गोठ समेत पुर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

तनहुँ, भिमाद नगरपालिका-१ गोर भञ्ज्याङस्थित सामुदायिक नमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पहल सिंह थापाको गोठ पुर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

सप्तरी, राजबिराज नगरपालिका-स्ने शुरेश शर्मा र दुबिलाला यादवको घरमा विद्युर्ट भई सोमबार दिउँसो आगलगी हुदा घर पूर्णरूपमा जलेर दुबै जनाको गरी करिब १२ लाख ३६ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, विराटनगर महानगरपालिका-१ परोपकार घाट बस्नेअनवर अन्सारीको घर, असरफ अन्सारीको घर, अफसर अन्सारीको घरसन्तोष कामतको घरमा सोमबार दिउँसो आगलागी हुँदा चारै जनाको गरी करिब १६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरमोरङ, विराटनगर महानगरपालिका-१० सोमबारे बस्ने अशोक लाल दासको घरमा गए राति विद्युत सर्ट भई आगलागी हुँदा न्दाजी लाख ३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कपिलवस्तु, बुद्धभुमि नगरपालिका-७ नैहडिहवा बस्नेउर्मीला देवी यादवको घरमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने राजाराम यादवको घर, रामबेलास कुर्मीको घर, पशुपती कुर्मीको घर, सुर्यनाथ कुर्मीको घर, भदै अहिरको घरबिमलेश कुर्मीको घरमा समेत आगलागी हुँदा करिब १४ लाख ३१ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बागलुङ, बागलुङ नगरपालिका-१२ पात्लेखेत स्थिसामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो सल्किएर  सोही ठाउँ बस्ने ७२ वर्षीय तिल प्रसाद रेग्मीको घरमाआगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

भक्तपुर, सुर्यबिनायक नगरपालिका- बालकोटस्थित सोही ठाउँ बस्ने सप्तरी सम्भुनाथ नगरपालिका-८ घर भएका ३५वर्षीय मोहमह आसिमको मोटरसाइकल वर्कशपमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।  

सप्तरी, छिन्नमस्ता गाउँपालिका-४ लालापट्टी बस्ने ३०वर्षीय देव नारायण पण्डितको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी भई सोही ठाउँ बस्ने ३५ वर्षीयह रामेश्वर पण्डितको घर, ३६ वर्षीय धनराज पण्डितको घर ५५ वर्षीय जुगेश्वर पण्डितको घर समेत पूर्णरूपमा जलेर अन्दाजी १८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सप्तरी, छिन्नमस्ता गाउँपालिका-१ बस्ने बैजनाथ खंगको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ८ लाख ६८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सप्तरी, डाक्नेश्वरी नगरपालिका-५ गोविन्दपुर बस्ने राजिब यादबको गोठमा सोमबार राति आगलगी हुदागोठ पूर्णरूपमा जलेर करिब १ लाख १० हजार बराबरको धनमाल नष्ट भएको छ ।  

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)