अँध्यारो समयको उज्यालो आशा

अँध्यारो समयको उज्यालो आशा

अँध्यारो बीचको उज्यालो झैँ,
जिन्दगी जिउने सहारा भइ।

पीडा बीचको एउटा हाँसो झैँ,
थकान बिर्साउने एक मेसो भइ।

बाटो भुलेको एउटा यात्रीलाई,
सही बाटो देखाउने साथी भइ।

लड्दै, हिँड्दै, बढ्दै गर्दा
संघर्षले थलिएको बेला,
थाक्नै नदिने साथ बन्यौ।
लक्ष्यतर्फ अघि बढ्नका लागि
नसुस्ताउने आँट दियौ।

जय श्रीकृष्ण।

– मार्शल
२०८२/१०/१७