आजको राशिफल (२०७०/२०८२ मंसिर १८ – ४ डिसेम्बर २०२५)
विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना – ९८११८३६४५६
मेष (ARIES)
उत्साह बढ्ने, साथ–सहयोग प्राप्त हुने। दोहो¥याएर गरेको मिहिनेत सम्मान दिलाउने। प्रेम र व्यापार दुवै पक्षमा वृद्धि।
वृष (TAURUS)
फुर्सदिलो समय, रमाइलो भेटघाट। मान–प्रतिष्ठा बढ्ने। रचनात्मक काम सफल। परिवारसँग खुसीमय समय।
मिथुन (GEMINI)
खर्चिलो दिन, आर्थिक व्यवस्थापनमा ध्यान देऊ। यात्रा र लगानीको सम्भावना। टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
कर्कट (CANCER)
आय बढ्ने, अड्किएको रकम उठ्ने। काममा बढी समय र लगानी लाग्न सक्छ। सम्बन्धमा व्यवहारिक सावधानी आवश्यक।
सिंह (LEO)
पुराना कामको चर्चा, मिहिनेतले उपलब्धि। तर अरूका काममा अल्झिन सकिन्छ। कमजोरीको फाइदा उठाउनेबाट सावधान।
कन्या (VIRGO)
प्रतीक्षित सफलता, चुनौती हट्ने। मित्रता बढ्ने। नाम–दाम–इनाम प्राप्त। धार्मिक तथा सेवामूलक काममा रुचि।
तुला (LIBRA)
स्वास्थ्य कमजोर, काममा बाधा। विवाद र आलोचना बढ्न सक्छ। धैर्य र सावधानी आवश्यक, लेनदेनमा ध्यान देऊ।
वृश्चिक (SCORPIO)
सहयोग–उपहार पाउने दिन। आय बढ्ने। परिवार र दाम्पत्य सुखद। रमाइलो यात्रा र सम्मानको अवसर।
धनु (SAGITTARIUS)
स्वास्थ्य सबल, चुनौती हट्ने। तर आलोचक धेरै हुने। बेसुरमा काम नगर्नु। खर्च नियन्त्रित राख्नु।
मकर (CAPRICORN)
बुद्धिको उपयोगले सफलता। अध्ययन–प्रतिस्पर्धामा राम्रो उपलब्धि। गुरु–सन्तानको सहयोग लाभदायी।
कुम्भ (AQUARIUS)
अवसर भए पनि परिस्थिति पूर्ण अनुकूल नहुन सक्छ। हडबडी नगर्नु। साथीहरूको सहयोगले रोकिएको काम बन्नेछ।
मीन (PISCES)
नभएको काम पनि बन्ने। छोटो समयमा राम्रो लाभ। कार्यक्षेत्रमा विवादको सम्भावना, गोपनीयतामा ध्यान। खर्च बढ्ने।



प्रतिकृया दिनुहोस्