आजको राशिफल: २०८२ चैत २७ गते, शुक्रवार
आजको पञ्चाङ्ग:
-
मिति: २०८२ चैत २७ गते, शुक्रवार
-
तदनुसार: १० अप्रिल २०२६
-
तिथि: चैत्र कृष्ण पक्ष नवमी
-
नक्षत्र: उत्तराषाढा
-
योग: शिव
-
करण: तैतिल
१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंका योजनाहरू दीर्घकालीन रूपमा फलदायी हुनेछन्। व्यापार-व्यवसायमा राम्रो लाभ मिल्नेछ भने वैदेशिक क्षेत्रसँग सम्बन्धित कामले गति लिनेछ। खर्च गर्दा अलि सतर्क रहनुहोला, नचाहिँदो ठाउँमा धन प्रवाह हुनसक्छ।
२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काममा केही ढिलासुस्ती हुन सक्छ। बलभन्दा बुद्धिको प्रयोग गर्दा जटिल समस्या पनि समाधान हुनेछन्। आज नयाँ जोखिमपूर्ण कामको सुरुवात नगर्नु नै बेस होला। पारिवारिक विषयलाई लिएर सामान्य मनमुटाव हुन सक्छ।
३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बोलीको प्रभाव बढ्नेछ, तर अनावश्यक बहसले आफन्त टाढा हुने जोखिम छ। स्वदेशमै रोजगारीको नयाँ अवसर मिल्न सक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ भने स्वास्थ्यमा क्रमिक सुधार हुने देखिन्छ।
४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझेदारीका काममा सफलता मिल्नेछ। रोकिएका धन फिर्ता आउने योग छ। मनोरञ्जन र खानपानमा बढी रुचि जाग्नेछ। अनावश्यक भ्रमण र खर्चले भने केही तनाव दिन सक्छ।
५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विपक्षीहरू सक्रिय हुन सक्छन्, त्यसैले आफ्नो गोपनीयता कायम राख्नुहोला। पुराना मित्रहरूसँगको भेटघाटले मन प्रसन्न तुल्याउनेछ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ।
६. कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धार्मिक र सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। विद्यार्थी वर्गका लागि अध्ययनमा रुचि बढ्नेछ। प्रेममा केही उतारचढाव आउन सक्छ, संवाद गर्दा नम्र हुनुहोला।
७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सुख र मेलमिलाप बढ्नेछ। घरजग्गा वा सवारी साधनको कारोबारबाट लाभ हुने देखिन्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला।
८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनीति तथा समाजसेवामा लाग्नेहरूका लागि आजको दिन निकै राम्रो छ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ।
९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। बोलीको मधुरताले सबैको मन जित्न सफल भइनेछ। आफन्तको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। टाढाको यात्राको सम्भावना छ।
१०. मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ वस्त्र वा उपहार प्राप्त हुने योग छ। मानसम्मान र प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको निर्णयको प्रशंसा हुनेछ। साझपख भने खर्च बढ्न सक्छ।
११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज आत्मबल बलियो बनाएर अघि बढ्नुहोला। यथासमय सबै कुराहरू मिल्दै जानेछन्। लगानीको क्षेत्रमा सोचेजस्तो प्रतिफल नआउन सक्छ, त्यसैले ठूला लगानी गर्दा सोचविचार गर्नुहोला।
१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कुनै शुभ समाचारले मनमा उत्साह थप्नेछ। सोचेअनुरूप समयले साथ दिनेछ। बौद्धिक व्यक्तिको परामर्शले भविष्यको बाटो सहज हुनेछ। परिवार र जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ।



प्रतिकृया दिनुहोस्