आजको राशिफल २०८२ फागुन ५ गते (१७ फेब्रुअरी २०२६), मंगलवार
मेष (ARIES)
आज काममा प्रगति हुने दिन छ। रोकिएका काम अघि बढ्नेछन्। नयाँ जिम्मेवारी पाउन सक्नुहुन्छ। आम्दानी बढ्ने संकेत छ। परिवारको आवश्यकता पूरा गर्न सकिनेछ। कृषि वा सानो व्यवसायमा फाइदा मिल्न सक्छ।
वृष (TAURUS)
आफ्नो क्षेत्रमा राम्रो छाप छोड्ने अवसर छ। मान–सम्मान र पुरस्कार पाउने योग छ। व्यापारमा लाभ हुनेछ। घर–जग्गा वा सवारी साधनबाट फाइदा मिल्न सक्छ। परिवारको साथ सहयोग राम्रो रहनेछ।
मिथुन (GEMINI)
स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। कामको बोझ बढ्नेछ। खर्च बढ्ने सम्भावना छ। कसैबाट अपेक्षित सहयोग नपाइने हुन सक्छ। धैर्य गरेर काम गर्दा अन्ततः सम्मान मिल्नेछ।
कर्कट (CANCER)
आजको दिन अलि कमजोर रहन सक्छ। मेहनतको फल कम मिल्ने संकेत छ। नयाँ काम सुरु गर्न हतार नगर्नु राम्रो हुन्छ। पुराना कामलाई निरन्तरता दिनु उपयुक्त हुनेछ। कसैको आश्वासनमा भर नपर्नुहोला।
सिंह (LEO)
सानो विवादको सम्भावना छ, सचेत रहनुहोस्। व्यापार वा यात्राबाट लाभ मिल्न सक्छ। आम्दानी बढ्नेछ। दाम्पत्य जीवनमा मिठास आउनेछ। सवारी चलाउँदा सावधानी अपनाउनु राम्रो हुन्छ।
कन्या (VIRGO)
प्रयास गर्दा राम्रो अवसर हात पार्न सकिन्छ। यात्रा लाभदायी हुनेछ। शत्रु वा समस्या हट्ने संकेत छ। मुद्दा–मामिलामा सफलता मिल्न सक्छ। प्रतिस्पर्धाबाट फाइदा लिन सकिनेछ।
तुला (LIBRA)
समय अनुसार चल्न नसक्दा केही कठिनाइ हुन सक्छ। काममा ढिलाइ हुन सक्छ। गुरुजनको सल्लाहले लाभ दिनेछ। खानपान र संगतमा ध्यान दिनु राम्रो हुन्छ।
वृश्चिक (SCORPIO)
पुराना निर्णयले असर गर्न सक्छ। परिवारमा सानो विवाद हुन सक्छ। बोलीमा सावधानी अपनाउनुहोला। योजना गोप्य राखेर अघि बढ्नु राम्रो हुनेछ। जमिन वा पशुपालनबाट सामान्य लाभ मिल्न सक्छ।
धनु (SAGITTARIUS)
सहयोगीहरूको साथ राम्रो रहनेछ। रोकिएका काम बन्नेछन्। व्यापारमा विशेष लाभको योग छ। प्रतिस्पर्धीमाथि विजय प्राप्त गर्न सकिनेछ। आम्दानी बढ्नेछ।
मकर (CAPRICORN)
योजना अनुसार काम पूरा नहुन सक्छ। अवसर गुम्ने सम्भावना छ। बोल्दा विचार पुर्याउनु राम्रो हुन्छ। आलोचना सुन्नुपर्न सक्छ। धैर्य राख्दा समस्या कम हुनेछ।
कुम्भ (AQUARIUS)
परिवारको साथले हौसला मिल्नेछ। नयाँ काम सुरु गर्न सकिनेछ। सम्मान र प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। हतार नगर्नु राम्रो हुन्छ।
मीन (PISCES)
अवसरको खोजीमा दौडधुप हुन सक्छ। खर्च बढ्नेछ। साथ दिने व्यक्ति कम हुन सक्छन्। लगानी गर्दा सोचेर मात्र गर्नुहोला। सतर्कता अपनाए सफलता मिल्नेछ।



प्रतिकृया दिनुहोस्