आजको राशिफल – २०८२ माघ २८ गते, बुधवार
मेष (Aries)
आज कामकाजमा सहजता कम देखिन सक्छ। शारीरिक थकान हुँदाहुँदै पनि जिम्मेवारी बढ्न सक्छ। केही व्यक्तिले तपाईंका कमजोरी देखाएर फाइदा उठाउने प्रयास गर्न सक्छन्। तत्काल अपेक्षित प्रतिफल नपाइए पनि दीर्घकालीन लाभ दिने काम अघि बढ्ने संकेत छ। विवाद र बहसबाट टाढा रहनु हितकर हुनेछ।
वृष (Taurus)
आज व्यवसाय र आर्थिक गतिविधिमा सम्भावना देखिए पनि ध्यान विचलित हुँदा लक्ष्यमा ढिलाइ हुन सक्छ। यात्रा तथा पाहुनासँग सम्बन्धित खर्च बढ्ने योग छ। वाचा पूरा गर्न नसक्दा पारिवारिक व्यवहारमा असहजता आउन सक्छ। निरन्तर मिहिनेतले काम त अघि बढ्नेछ, तर आम्दानीमा केही समय लाग्न सक्छ।
मिथुन (Gemini)
आज अड्किएका कामहरू पुनः चलायमान हुने सम्भावना छ। विरोधी वा आलोचकहरू कमजोर देखिनेछन्। योजनाअनुसार अघि बढ्दा राम्रो परिणाम मिल्नेछ। स्वास्थ्यमा सुधार देखिनेछ भने आत्मविश्वास बढ्नेछ। पेसा तथा व्यवसायमा लाभका संकेत छन्।
कर्कट (Cancer)
आज कामको प्राथमिकता छुट्याउन नसक्दा दबाब महसुस हुन सक्छ। अध्ययन र ज्ञानवृद्धिमा अपेक्षित समय दिन कठिन हुनेछ। अरूका विषयमा बढी चासो लिँदा अनावश्यक झन्झट आउन सक्छ। यद्यपि, भविष्यमा फाइदा दिने कार्यको थालनी हुने संकेत छ।
सिंह (Leo)
आज अरूको भनाइमा मात्र भर पर्दा निराशा हात लाग्न सक्छ। परिवार र आफन्तका लागि समय निकाल्नुपर्ने अवस्था आउन सक्छ। कृषि, पशुपालन वा घरायसी काममा संलग्नता बढ्न सक्छ। हतार र बल प्रयोगले काम बिग्रन सक्ने भएकाले संयमता आवश्यक छ।
कन्या (Virgo)
आज नयाँ योजना र काम सुरु गर्न अनुकूल समय छ। प्रयासअनुसार सफलता प्राप्त हुने सम्भावना प्रबल छ। पारिवारिक तथा सामाजिक सम्बन्ध मजबुत बन्नेछन्। लगानीबाट राम्रो प्रतिफल मिल्ने संकेत छ। अघिल्लो उपलब्धिले थप उत्साह दिनेछ।
तुला (Libra)
आज निर्णय प्रक्रियामा अलमल हुँदा केही अवसर छुट्न सक्छन्। बोलीचाली र व्यवहारमा सन्तुलन आवश्यक देखिन्छ। आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनु उपयुक्त हुनेछ। नियमित कामबाट सामान्य लाभ भइरहनेछ, तर विवादास्पद जिम्मेवारीबाट टाढा रहनु राम्रो।
वृश्चिक (Scorpio)
आज कामका अवसर प्राप्त भए पनि भेटघाट र औपचारिक कार्यक्रममा समय खर्चिनुपर्नेछ। खानपानमा असावधानीले स्वास्थ्यमा असर पार्न सक्छ। इच्छित नतिजाका लागि केही काम पुनः दोहोर्याउनुपर्ने हुन सक्छ। परिवारसँग पुनर्मिलनको योग देखिन्छ।
धनु (Sagittarius)
आज समय व्यवस्थापन कमजोर हुँदा खर्च बढ्न सक्छ। व्यवसायमा थप लगानी आवश्यक पर्न सक्छ। अवसर खोज्न दौडधुप गर्नुपर्ने देखिन्छ। खर्च भए पनि यात्रा तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट फाइदा मिल्न सक्छ।
मकर (Capricorn)
आज परिश्रमको सकारात्मक परिणाम प्राप्त हुने दिन हो। व्यापार, साझेदारी र लेनदेनमा लाभ मिल्ने संकेत छ। अड्किएका रकम हातलागी हुन सक्छन्। सहयोगीहरूको साथले योजना सफल हुनेछन्। जीवनशैलीमा सुधारको संकेत देखिन्छ।
कुम्भ (Aquarius)
आज प्रतिष्ठा र जिम्मेवारी दुवै बढ्ने सम्भावना छ। प्रभावशाली व्यक्तिको सहयोग प्राप्त हुन सक्छ। निरन्तर मिहिनेतले जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। सामाजिक तथा व्यावसायिक क्षेत्रमा सम्मान र लाभ मिल्ने संकेत छ।
मीन (Pisces)
आज परिस्थितिका कारण सोचेजस्तो काम पूरा नहुन सक्छ। सहयोगको अपेक्षा गरेका व्यक्तिबाट निराशा मिल्न सक्छ। नयाँ काम सुरु गर्न केही समय प्रतीक्षा गर्नु उपयुक्त हुनेछ। अध्यात्म, धर्मकर्म तथा परोपकारी कार्यतर्फ मन आकर्षित हुनेछ।



प्रतिकृया दिनुहोस्