आजको राशिफल – २०८२ माघ २६ गते (९ फेब्रुअरी २०२६) सोमवार
मेष (ARIES)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज काम गर्ने वातावरण तपाईंको पक्षमा रहनेछ। लक्ष्यतर्फ अघि बढ्न सहज हुनेछ र छोटो प्रयासबाट पनि उपलब्धि मिल्न सक्छ। पढाइ, लेखन वा सृजनात्मक क्षेत्रमा सकारात्मक प्रगति देखिनेछ। परिवारको साथ र सहयोगले आत्मविश्वास बढ्नेछ। सेवामूलक कार्यबाट मान–सम्मान तथा आर्थिक फाइदा लिन सकिने योग छ।
वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धात्मक परिस्थितिमा पनि विवेक प्रयोग गर्दा सफलता मिल्नेछ। अड्किएका कामहरू क्रमशः अघि बढ्नेछन्। पुराना विरोधीहरूसँग सम्बन्ध सुधारिने संकेत छन्। खर्च देखिए पनि दीर्घकालीन लाभ हुने काम सुरु गर्न सकिनेछ। धैर्य र साहसले जटिल काम पनि सफल बन्नेछ।
मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिअनुसार लचकता अपनाउँदा फाइदा हुनेछ। व्यापार तथा पेशामा नयाँ सम्भावना देखिनेछन्। लगनशील प्रयासले भविष्यमा राम्रो प्रतिफल दिने कामको सुरुवात हुनेछ। अध्ययन र बौद्धिक प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न सकिनेछ। आम्दानीका नयाँ उपाय फेला पर्न सक्छन्।
कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज निर्णय गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ। सानो कमजोरीले काममा ढिलाइ गराउन सक्छ। अरूको प्रभावमा परेर हतारमा बोलेका कुरा पछि समस्या बन्न सक्छन्। परिवारजनको सहयोगले मानसिक बोझ कम हुनेछ। विवाद र अनावश्यक बहसबाट टाढा रहनु हितकर हुनेछ।
सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मेहनतको उचित कदर हुने दिन हो। सेवाक्षेत्र, उद्योग वा व्यापारमा राम्रो परिणाम देखिनेछ। प्रतीक्षित काम पूरा हुँदा उत्साह बढ्नेछ। आफन्त र मित्रको साथले नयाँ योजना सुरु गर्न हौसला मिल्नेछ। पुराना सम्बन्ध पुनः नजिकिने सम्भावना छ।
कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आर्थिक पक्ष मजबुत बन्ने संकेत छन्। बोली र प्रस्तुतीकरणले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। सीप र बुद्धिको प्रयोगबाट आयआर्जनका अवसर बढ्नेछन्। नयाँ जिम्मेवारी वा प्रस्ताव आउन सक्छ। काममा सहयोग गर्ने व्यक्तिहरूको संख्या बढ्नेछ।
तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आत्मबल र इच्छाशक्ति दुवै बलियो रहनेछ। सिर्जनात्मक र कलात्मक काममा समय दिन सकिनेछ। पारिवारिक भेटघाट र सामूहिक भोजनले मन प्रसन्न बनाउनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत बन्नेछ।
वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
ठूला योजना अघि बढाउन आर्थिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ। आकस्मिक खर्चले बजेट प्रभावित हुन सक्छ। अरूको दबाबमा निर्णय लिनुपर्दा मन असजिलो हुन सक्छ। अध्ययन वा व्यक्तिगत कामका लागि समय अभाव देखिन सक्छ। धैर्य राख्दा अवस्था क्रमशः सुध्रिनेछ।
धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिश्रमको प्रत्यक्ष फल पाउने दिन हो। सानो लगानीबाट पनि लाभ लिन सकिनेछ। व्यापार, रोजगारी वा साझेदारीबाट आम्दानी बढ्ने संकेत छन्। नयाँ लक्ष्यतर्फ अघि बढ्न उपयुक्त समय हो। उठ्न बाँकी रकम हातलागी हुन सक्छ।
मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक र व्यावसायिक क्षेत्रमा प्रभाव जमाउने अवसर मिल्नेछ। प्रतिष्ठित व्यक्तिसँगको सम्बन्धले फाइदा दिलाउन सक्छ। चुनौती आए पनि आत्मविश्वासका साथ सामना गर्न सकिनेछ। दीर्घकालीन फाइदा हुने काममा जग बस्ने योग छ। भूमि वा स्थायी सम्पत्तिबाट लाभ सम्भावित छ।
कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
परोपकार, धर्म र सामाजिक सेवामा मन जानेछ। निरन्तर प्रयासले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह थप्नेछ। मान–सम्मान र आर्थिक लाभ दुवै प्राप्त हुने सम्भावना छ। नयाँ अवसरहरू आफैं नजिक आउनेछन्।
मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। कामको चापले थकान बढ्न सक्छ, त्यसैले विश्राम आवश्यक छ। गोप्य कुरामा सतर्कता अपनाउनुहोस्। अरूको कुरामा सजिलै विश्वास नगर्नु राम्रो हुनेछ। खानपान, व्यायाम र दिनचर्यामा ध्यान दिँदा दिन सहज बन्नेछ।



प्रतिकृया दिनुहोस्