आजको राशिफल – Today’s Horoscope २०८२ पौष २२ गते (६ जनवरी २०२६) मंगलवार

आजको राशिफल – Today’s Horoscope २०८२ पौष २२ गते (६ जनवरी २०२६) मंगलवार

मेष (Aries):
निर्णयमा द्विविधा रहन सक्छ। अवसर गुम्ने सम्भावना भए पनि साँझतिर पुरानो उपलब्धि जोगिनेछ। गोपनीयतामा ध्यान दिनुहोस्।

वृष (Taurus):
काम–व्यवसायमा फाइदा र अवसर मिल्ने दिन। साँझतिर घरायसी तनाव आउन सक्छ, व्यवहार सन्तुलित राख्नुहोस्।

मिथुन (Gemini):
रोकिएका काम अघि बढ्नेछन्। नयाँ सुरुआत र व्यापारमा लाभ। साँझतिर सामान हराउन सक्छ, सजग रहनुहोस्।

कर्कट (Cancer):
सफलता र मान–सम्मान प्राप्त हुने समय। साँझतिर विवाद वा अनावश्यक खर्चको सम्भावना।

सिंह (Leo):
खर्च बढ्ने र मानसिक थकान महसुस हुन सक्छ। साँझतिर पारिवारिक भेटघाट भए पनि आत्मसम्मानमा चोट पुग्न सक्छ।

कन्या (Virgo):
आम्दानी राम्रो र व्यापारमा प्रगति। साँझतिर अरूका कारण खर्च बढ्ने र काम अड्किन सक्छ।

तुला (Libra):
रोकिएका काम सफल हुनेछन्। आम्दानीका नयाँ स्रोत खुल्ने दिन, विशेष गरी व्यापारमा फाइदा।

वृश्चिक (Scorpio):
पेसा र सेवामूलक कामबाट प्रतिष्ठा। साँझतिर मेहनत बढी र प्रतिफल कम हुन सक्छ।

धनु (Sagittarius):
दिनभरि साना समस्या र स्वास्थ्य कमजोरी। साँझतिर अवस्था सुधार भई अड्केका काम बन्नेछन्।

मकर (Capricorn):
नियमित काम सम्पन्न भए पनि खर्च बढी। बोलिचाली र गोपनीयतामा सचेत रहनुहोस्।

कुम्भ (Aquarius):
आत्मबलले सफलता दिलाउने दिन। आयका नयाँ स्रोत र साँझतिर व्यापार तथा सम्बन्धमा प्रगति।

मीन (Pisces):
रोकिएका काम र आर्थिक लाभ। साँझतिर प्रतिस्पर्धा र काममा अल्झन आउन सक्छ, सतर्क रहनुहोस्।


विज्ञानाचार्य ज्योतिष प्रवीण तिमिल्सेना: ९८११८३६४५६