युवालाई देशमै भविष्य देखाउँदै चित्रराज र कमलाको ‘युनिक च्याउ उद्योग’: माटोमै सम्भावना, पसिनामै समृद्धि
गोदावरी, ललितपुर – "देश बनेन भनेर जुलुस र नाराबाजीमा समय खर्चिने कि माटोमा पसिना बगाएर आफैँ समृद्धिको बाटो कोर्ने?" गोदावरी-११, सेरा फाँटका सफल उद्यमी चित्रराज तिमील्सेनाको यो प्रश्नले आजका धेरै युवाहरूलाई झस्काइदिन्छ। बिगत २५ वर्षदेखि निरन्तर कृषि कर्ममा समर्पित तिमील्सेना दम्पती...


