नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ

नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ

नुवाकोट, असार  

बिदुर नगरपालिका-१० सिमुटारबाट नियन्त्रित लागूऔषधसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिदुर नगरपालिका-९ कोलनी बस्ने २६ वर्षीय प्रोमेश श्रेष्ठ, २७ वर्षीय प्रदिप बिसुङखे र सोही नगरपालिका-१० गेर्खुटार बस्ने २४ वर्षीय बिशाल मग्राती रहेका छन् । अस्थायी प्रहरी पोष्ट सिमुटारबाट खटिएको प्रहरीले कोलनीबाट बेत्रावतीतर्फ जादै गरेको बा.८६ प ८८९२ नम्बरको स्कुटरमा सवार प्रोमेश प्रदिप डाईजेपाम ६ एम्पुल,नुरफिन ६ एम्पुल प्रोमेथाजाइन हाईड्रो क्लोराईड ६ एम्पुल तथा पैदलयात्री बिशाललाई ट्रामाडोल सय ट्याब्लेट सहित फेला पारी पक्राउ गरेको हो ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।