सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, ३ असार

नवलपरासी पूर्व, मध्यबिन्दुगरपालिका-१५ स्थित गिरबारी खोलामा ना.७ त २९६७ नम्बरको ट्याक्टर पल्टिएर मंगलबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीया यम कुमारी थनेत थारूको घटनास्थलम मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ

चितवन, भरतपुर महानगरपालिका-१९ बुद्ध टोलमा ना. ख ८८७ नम्बरको बसले प्रदेश.३-०३-००३ प २२७५ नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-२० बस्ने १६ वर्षीय विवेक थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको होबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको

कपिलवस्तु, वाणगंगा नगरपालिका-७ कोईली बनगाईस्थित सडकमा काठमडौंबाट दाङतर्फ जादै गरेको लु.प्र.०२-००१-ख ००४४ नम्बरको बसको ठक्करबाट साइकयात्री सोही नगपालिका-६ अमौली बस्ने ४३ वर्षीय कृष्ण बहादुर थारूको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएक उनको लुम्बिनी सिटि अस्पताल बुटवल रपन्देहीमाउपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।