प्रथम आईजिपि कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

काठमाडौं, फागुन

नेपाल प्रहरी खेलकद समिति महाराजगंजको आयोजनामा प्रथम आईजिपि कप पुरूष क्रिकेट प्रतियोगिता२०८१ मुलपानी क्रिकेट मैदानमा सुर भएको छ । नेपालप्रहरी खेलकद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले मुलपानी क्रिकेट मैदानमा मंगलबार आयोजित एक कार्यक्रमका बीच उक्तप्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्तिसुरक्षा अमन चयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीको कार्य प्रकृति खेलकुद भन्दा फरक किसिमको रहेको चर्चा गर्दै नेपाली खेलकुदको इतिहासमा विभिन्न खेलका स्तरीय खेलाडी उत्पादनमा नेपाल प्रहरीको च्च योगदान रहँदै आएको बताउनुभयो सीमित स्रोत साधनका बीच यस्ता प्रतियोगिता संचालन गर्न चुनौतीपूर्ण हेको बताउँदै प्रतियोगिता त्रुटीरहित ढंगबाट संचालन गर्न प्रतियोगिता संचालन तथा व्यवस्थापनमाखटिनेबैजना दत्तचित्त भएर लागि पर्न उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक चक्र बहादुर डम्बर पालले प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी टिमको सहभागिता रहेको   छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)