जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया, २३ फागुन  

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१ बस्ने २३ वर्षीय शिव प्रसाद थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शिव प्रसादले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)