रेड पाण्डाको छालासहित भक्तपुरबाट एक जना पक्राउ

रेड पाण्डाको छालासहित भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर, भक्तपुरबाट प्रहरीले अवैध रूपमा राखिएको रेड पाण्डा (हाब्रे) को छालासहित एक जनालाई पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट दैलेख ठाटीकाँध गाउँपालिका–४ का २९ वर्षीय भुपेन्द्रबहादुर कठायतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

होटलमा रेड पाण्डाको छाला लुकाएर राखिएको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले होटलमा तलासी गर्दा कठायतलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका कठायतलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ।