कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ, नगद र तास बरामद

कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ, नगद र तास बरामद

कैलाली, असार २६। कैलालीको लम्कीचुहा नगरपालिका–१ मोतिपुर बजारस्थित एक नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा उक्त नास्ता पसलका सञ्चालक ६५ वर्षीय गोपाल बहादुर हमाल सहित १४ जना रहेका छन्।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नगद ५० हजार १६० रुपैयाँ९ बुक तास सहित नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।