घरमै पानी तान्ने मोटरबाट करेन्ट लाग्दा कैलालीमा ६० वर्षीय पुरुषको मृत्यु

घरमै पानी तान्ने मोटरबाट करेन्ट लाग्दा कैलालीमा ६० वर्षीय पुरुषको मृत्यु

कैलाली,  कैलालीको गौरीगंगा नगरपालिका–१ पशुपति टोलमा घरमै रहेको पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार ६० वर्षीय झंकर बुढा सोमबार बिहान आफ्नै घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको कारण र अन्य पक्षबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।