आजको राशिफल: २०८२ चैत्र २१ गते, शनिबार, २०८२ चैत्र २१, शनिबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन शुभ फलदायी रहनेछ। रोकिएका अधुरा कामहरू पुनः सुरु हुन सक्छन्। साथीभाइको सहयोगले नयाँ योजना तर्जुमा गर्न मद्दत पुग्नेछ। आर्थिक पक्ष सबल रहनेछ भने पारिवारिक सम्बन्धमा मधुरता छाउनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुहोला, खानपानमा सजगता अपनाउनु राम्रो हुन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लामो समयदेखि प्रतीक्षा गरिएको समाचार प्राप्त हुन सक्छ। यात्राको योग छ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। बोलीको प्रभाव बढ्नेछ, तर अनावश्यक विवादबाट जोगिनु नै बुद्धिमानी हुनेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
आज खर्च बढ्ने सम्भावना छ। काममा केही ढिलासुस्ती हुन सक्छ। धैर्यताका साथ कार्य सम्पादन गर्नुहोला। आफन्तसँगको भेटघाटले मन प्रसन्न पार्नेछ। धार्मिक कार्यमा मन जानेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु, टे)
तपाईँको ऊर्जा र आत्मविश्वास बढ्नेछ। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। मनोरञ्जनका क्षेत्रमा रुचि बढ्नेछ।
कन्या (पा, पी, पू, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। रोकिएका धन प्राप्तिको योग छ। कार्यक्षेत्रमा सहकर्मीहरूको राम्रो सहयोग मिल्नेछ। नयाँ लगानीका लागि आजको दिन अनुकूल रहन सक्छ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पठनपाठन र सिर्जनात्मक काममा सफलता मिल्नेछ। सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइएला। कला र संगीतमा रुचि बढ्नेछ। आर्थिक लेनदेनमा भने सावधानी अपनाउनुहोला।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। मनमा अस्थिरता बढ्ने र काममा बाधा पुग्न सक्ने भएकाले संयमित रहनुहोला। घरायसी मामिलामा समय बढी खर्च हुनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढ, भे)
पराक्रम र उत्साह बढ्नेछ। दाजुभाइ र सहयोगीहरूको साथले कठिन कार्य पनि सहजै पुरा हुनेछन्। छोटो दूरीको फलदायी यात्रा हुन सक्छ। सामाजिक कार्यमा सक्रियता बढ्नेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
बोलीको मधुरताले अरूको मन जित्न सफल भइनेछ। धन सञ्चयको योग छ। मीठो भोजनको अवसर मिल्नेछ। कुटुम्बसँगको सम्बन्ध सुधारिनेछ। नयाँ वस्त्र वा गहना खरिद हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
आज नयाँ कामको थालनी गर्नका लागि समय उत्तम छ। तपाईँको निर्णय क्षमताको कदर हुनेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरू अगाडि बढ्नेछन्। आत्मिक सुख र शान्ति मिल्नेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
अनावश्यक यात्रा र खर्च बढ्न सक्छ। कामको चापले थकान महसुस होला। तर, वैदेशिक लगानी वा व्यापारबाट भने लाभ मिल्ने देखिन्छ। अध्यात्म र ध्यानमा समय बिताउनु फलदायी हुनेछ।



प्रतिकृया दिनुहोस्