“भावनाको आकाशदेखि हृदयको सागरसम्म”

“भावनाको आकाशदेखि हृदयको सागरसम्म”

हेर्दा हेर्दै आँखाले
कस्तो यो हाल भएछ,
मनभित्र कस्तो यो
छाल उठेछ।

धेरैपछि समयले पनि
खै के भन्न खोज्दैछ,
मनभित्र केको यो
खुलदुली हुँदैछ।

आकाशभन्दा फराकिलो
भावनामा उड्थेँ,
सागरभन्दा गहिरो
हृदयमा तैरन्थेँ।

सपना–बिपना के भनूँ,
खुशी–उदासी जे भनूँ,
जीवन त यो जीवन नै हो,
चलिरहन्छ, गति नै हो।

सोचे जस्तो सारा यहाँ
कसलाई के हुन्छ र?
चिताएको सबै यहाँ
कहाँ पो पुग्छ र?

मनका कुरा मनमै भए पनि
सजाएर रम्ने हो,
सम्झी मीठा पलहरूलाई
रमाई बढ्ने हो।।

जय श्रीकृष्ण।

– मार्शल
२०८२/११/१६