ललितपुरमा जुवाको ‘रेड’! टहरोमै चलिरहेको जुवातासमा ७ जना पक्राउ – क्यास, तास सबैसहित प्रहरीको छापा

ललितपुरमा जुवाको ‘रेड’! टहरोमै चलिरहेको जुवातासमा ७ जना पक्राउ – क्यास, तास सबैसहित प्रहरीको छापा

ललितपुर, २१ मंसिर —
ललितपुरको गोदावरी नगरपालिका–८, डुकुछापमा शनिबार साँझ प्रहरीको अचानक रेड परेपछि जुवातास खेलिरहेका ७ जनालाई रंगेहातै पक्राउ गरिएको छ।

५० वर्षीय श्याम कुमार जिसीको टहरोमै चलिरहेको जुवा सेटमा उनी स्वयं सहित ७ जना समातिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग बुंगमती र फर्सीडोलबाट खटिएको संयुक्त टोलीले
नगद रु. १,२२,८१०
९ बुक तास
सहित सबैलाई नियन्त्रणमा लिएको हो।

अवैध जुवातास सञ्चालनको विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।