हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

दाङ, १९ असोज

आफ्नै श्रीमान ६४ वर्षीय ढाल बहादुर चौधरीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१ गैरागाउँ बस्ने ६२वर्षीया माया चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारण मायाले टर्च लाईट टाउकोमाप्रहार गर्दा ढाल बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।