भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

तिहार (यमपञ्चक) को सबैभन्दा पावन र अन्तिम दिन भाइटीकाको यस शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आदरणीय पाठकवर्ग, विज्ञापनदाता, उद्योगी-व्यवसायी, कृषक, बुद्धिजीवी, पत्रकार मित्रहरू तथा समस्त शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

पौराणिक मान्यता अनुसार यस दिन यमुनाले आफ्ना भाइ यमराजलाई घरमा निमन्त्रणा गरी अष्टचिरञ्जीविको पूजा, सप्तरङ्गी टीका,मखमली, सयपत्री र गोदावरीको माला पहिराएर पूजा गरेकी थिइन्। यमराजले बहिनीको आतिथ्यबाट प्रसन्न भई “भाइटीकाका दिन दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने दाजुभाइलाई यमदूतको भय हुने छैन र दीर्घायु प्राप्त हुनेछ” भन्ने वरदान दिएका थिए। यही पौराणिक इतिहास र संस्कृतिलाई जीवन्त राख्दै आजका दिन दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्य र सफलताको कामना गर्दै ओखर फोडेर,तेलको धाराले घेरा हाली यमराजको बाटो छेकेर भाइपूजा गर्छन्।

भाइटीका केवल एउटा सांस्कृतिक पर्व मात्र होइन; यो त दाजुभाइ र दिदीबहिनीबिचको पवित्र, निश्छल र आत्मिक स्नेहको सर्वोच्च उत्सव हो। भूगोलले टाढा पुर्‍याए पनि वा व्यस्तताले दूरी बढाए पनि, सप्तरङ्गी टीका र मखमलीको सुगन्धले हृदयका तारहरूलाई सदैव जोडी राख्छ। यस पर्वले हाम्रा पारिवारिक सम्बन्धहरूलाई अझ कसिलो र सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउँछ।

अन्तमा, भाइटीकाको यो पवित्र सप्तरङ्गी प्रकाशले हामी सबैको जीवनबाट अज्ञानता, निराशा र द्वेषको अन्धकारलाई पन्छाउँदै सत्य, न्याय,भ्रातृत्व र संवृद्धिको नयाँ उज्यालो फैलाओस्। सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरूको सम्बन्ध सधैँ मखमली फूलझैँ कालजयी र ओखरझैँ कसिलो बनिरहोस्।

पुनः भाइटीका २०८३ को  मङ्गलमय शुभकामना!

दामोदर भट्ट
प्रमुख कार्यकारी अधिकृत (CEO), मिडिया ठाँटी प्रा. लि.
प्रधान सम्पादक, ठाँटी खबर (www.thantikhabar.com)