भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

अन्तरसम्बन्ध, आपसी स्नेह, पारिवारिक सद्भाव र पवित्रताको प्रतीकका रूपमा रहेको महान् चाड भाइटीका २०८३ को यस सुअवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुबा तथा सम्पूर्ण अभिभावकवर्गमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, निष्ठा र अटुट विश्वासलाई प्रगाढ बनाउने यो पर्वले हामीबीचको आपसी एकता, पारिवारिक बन्धन र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु।

नेपाल अधिराज्यका मुटुमा रहेर राष्ट्र सञ्चालन र न्यायको प्रत्याभूति गराउनुहुने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लगायत राज्यका सम्पूर्ण अङ्ग र निकायमा सक्रिय रहनुभएका माननीय ज्यूहरू, उच्च पदस्थ अधिकारीहरू तथा राष्ट्रसेवक कर्मचारीज्यूहरूमा यस पर्वले जनसेवा र उत्तरदायित्वको भावनालाई अझ उच्च बनाउन ऊर्जा प्रदान गरोस्। राज्यका नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म खटिनुभएका सम्पूर्ण महानुभावहरूको सुस्वास्थ्य र सफलताको कामना गर्दछु।

लोकतान्त्रिक समाजका पहरेदार, सत्य र तथ्यका वाहक तथा राष्ट्रलाई सही बाटोमा डोर्‍याउन अहम् भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, लेखक, बुद्धिजीवी, वकिल तथा कानुन व्यवसायीज्यूहरूमा पनि भाइटीकाको हार्दिक शुभकामना व्यक्त गर्दछु। समाजमा चेतनाको दीप प्रज्वलन गर्दै न्याय र निष्पक्षताको पक्षमा उभिनुहुने सम्पूर्ण बौद्धिक व्यक्तित्वहरूको जीवनमा यस पर्वले नयाँ उमङ्ग र प्रेरणा ल्याओस्।

राष्ट्रको भविष्य निर्माणको खम्बाका रूपमा रहनुभएका सम्पूर्ण शिक्षाकर्मी, प्राध्यापक, शिक्षकवर्ग तथा ज्ञानको ज्योति फैलाउने विद्यार्थी भाइबहिनीहरूमा विशेष शुभकामना। नयाँ पुस्तामा संस्कार, शिक्षा र सिर्जनशीलताको विकास गर्दै देशलाई समृद्धिको मार्गमा डोर्‍याउन अग्रसर सम्पूर्ण शैक्षिक क्षेत्रसँग आबद्ध महान् व्यक्तित्वहरूको प्राज्ञिक यात्रा सधैं सफल रहोस्।

समाजलाई सकारात्मक रूपान्तरणतर्फ लैजान अहोरात्र खटिनुभएका सम्पूर्ण समाजसेवी, विभिन्न क्षेत्रका सामाजिक अभियन्ताहरू, वाग्मती तथा विष्णुमती लगायत देशका विभिन्न भूभागमा सरसफाइ र पर्यावरण संरक्षणमा सक्रिय अभियन्ताहरू, राष्ट्र निर्माणको महाअभियानमा जुट्नुभएका राजनीतिकर्मी तथा विभिन्न पेसा-व्यवसायमा आबद्ध दाजुभाइहरूमा पनि यो पर्वले आपसी सहकार्य र प्रेरणा थपिदियोस्।

बालकदेखि वृद्धवृद्धासम्म, गाउँदेखि सहरसम्म र स्वदेशदेखि सात समुद्रपारि परदेशमा रहेर पनि आफ्नो माटो र संस्कृतिलाई माया गर्नुहुने सम्पूर्ण नेपालीहरूको जीवनमा भाइटीकाले नयाँ उज्यालो ल्याओस्। हामी सबैको साझा प्रयासबाट न्यायपूर्ण, समतामूलक र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो सङ्कल्प अझ बलियो बन्न सकोस्।

शोभाकान्त पाण्डेय
वाग्मती सरसफाइ अभियन्ता तथा
विष्णुमती सरसफाइ अभियानको संयोजक एवं सामाजिक अभियन्ता