रसुवागढी बाढीमा बेपत्ता सुरेश पाण्डेको पशुपति आर्यघाटमा प्रतीकात्मक अन्तिम संस्कार, आज ८औं पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली
काठमाडौं, १७ कात्तिक — भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीमा परी बेपत्ता हुनुभएका सुरेश पाण्डेको हिन्दू परम्परा तथा शास्त्रोक्त विधिअनुसार कुशको प्रतीकात्मक शव बनाई गरिएको अन्तिम संस्कारको आज ८ दिन (अष्टम पुण्यतिथि) पूरा भएको छ। प्राकृतिक विपत्तिका कारण भौतिक शरीर प्राप्त हुन नसकेको अवस्थामा परिवारजनले गत कात्तिक १० गते पशुपति आर्यघाटमा प्रतीकात्मक रूपमा विधिपूर्वक अन्तिम संस्कार सम्पन्न गरेका थिए।
रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको अचानकको बाढीले ठूलो जनधनको क्षति पुर्याएको यस दुःखद प्राकृतिक विपत्तिमा सुरेश पाण्डेको निधन भएपछि सिंगो परिवार र इष्टमित्रमा गहिरो शोक छाएको छ। आज उहाँको ८औं पुण्यतिथिका अवसरमा परिवारजनले उहाँको योगदान रस्मृतिप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, उहाँ हाम्रो परिवारका लागि एक परिपक्व साथी र मार्गदर्शक हुनुहुन्थ्यो र उहाँका अमूल्य मार्गदर्शनहरू सधैँ मनमस्तिष्कमा ताजै रहनेछन् भनीस्मरण गरेका छन्।
गत कात्तिक १० गते पशुपति आर्यघाटमा आयोजित प्रतीकात्मक अन्तिम संस्कार कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरू, आफन्तजन,इष्टमित्र तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो। शोकसन्तप्त परिवारले यस कठिन विपत्तिपूर्ण घडीमा धैर्यधारण गराउँदै समवेदना प्रकट गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेको छ।
‘ठाँटी खबर’ परिवार दिवङ्गत आत्मा सुरेश पाण्डेको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त पाण्डे परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ। ॐ शान्ति! शान्ति!! शान्ति!!!



प्रतिकृया दिनुहोस्