होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु, १८ वर्षीय किशोर पक्राउ
- thantikhabar
- August 22, 2026
20
SHARES
काठमाडौं, ५ भदौ काठमाडौं महानगरपालिका–१०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा भएको कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भएको छ।
दाङ, घोराही उपमहानगरपालिका–१७ घर भई उक्त होस्टलमा बस्दै आएका बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले सोही होस्टलमा बस्ने बारा, कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो पक्राउ गरेको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान होस्टलमा १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले बसन्तमाथि कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते बसन्तको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले घटनामा संलग्न रहेको अभियोगमा १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्