जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ

जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ

बाँके । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बर्दिया मधुवन नगरपालिका–१ बस्ने विशेष न्यौपानेलाई पीडित महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनलाई बैजनाथ गाउँपालिका–५, जि गाउँबाट शुक्रबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।