कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ
- thantikhabar
- July 24, 2026
56
SHARES
काठमाडौं, श्रावण — आकर्षक तलबसहित कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३७ वर्षीय हरि बहादुर पन्त र सिन्धुली सुनकोशी गाउँपालिका–२ घर भई हाल ललितपुर गोदावरी नगरपालिका–३ बस्ने ४७ वर्षीय अमृत मगर रहेका छन्।
प्रहरीका अनुसार, हरि बहादुर पन्तले कम्बोडिया पठाइदिने भन्दै २ जना पीडितबाट ५ लाख रुपैयाँ र अमृत मगरले न्यूजिल्याण्ड पठाइदिने भन्दै १ जना पीडितबाट १० लाख ७० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले हरि बहादुरलाई बुढानीलकण्ठ नगरपालिका–७ र अमृतलाई ललितपुर महानगरपालिका–५ बाट पक्राउ गरेको हो।
दुवैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित म्यानपावर कम्पनी र प्रस्तावको वैधानिकता अनिवार्य रूपमा जाँच गर्नुहोस्। आकर्षक तलबको प्रलोभनमा नपरी आधिकारिक प्रक्रियामार्फत मात्रै वैदेशिक रोजगारीमा जानुहोस्।
- एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल
- एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव
- ऐतिहासिक साङ्गीतिक उत्सव: ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ’ भव्य रूपमा सम्पन्न
- जुवाको खालमा अनपेक्षित छापा: कौडा खेलिरहेका ११ जना भारी नगदसहित सुनसरीबाट पक्राउ
- कम्बोडिया र क्यानडा पठाइदिन्छु भन्दै ७० लाख ठग्ने दुई जना पक्राउ
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्ड नेपालबीच छलफल
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
October 23, 2026
- एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल
- एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव
- ऐतिहासिक साङ्गीतिक उत्सव: ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ’ भव्य रूपमा सम्पन्न
- जुवाको खालमा अनपेक्षित छापा: कौडा खेलिरहेका ११ जना भारी नगदसहित सुनसरीबाट पक्राउ
- कम्बोडिया र क्यानडा पठाइदिन्छु भन्दै ७० लाख ठग्ने दुई जना पक्राउ
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्ड नेपालबीच छलफल
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी



प्रतिकृया दिनुहोस्