गोरखामा बिजुलीको पोलबाट करेन्ट लाग्दा ६५ वर्षीया महिलाको मृत्यु

गोरखामा बिजुलीको पोलबाट करेन्ट लाग्दा ६५ वर्षीया महिलाको मृत्यु

गोरखा । गोरखाको आरूघाट गाउँपालिकामा करेन्ट लागेर एक वृद्ध महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा आरूघाट गाउँपालिका–१ निवासी ६५ वर्षीया धनकुमारी गुरुङ रहेकी छन्।

प्रहरीका अनुसार आइतबार बेलुकी आरूघाट गाउँपालिका–२ माथिल्लो कटुन्जे पुनाचौतारास्थित बिजुलीको पोलबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्। घाइते गुरुङलाई तत्काल आरूघाट आधारभूत अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।