शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

नेपालीहरूको महान् चाड शुभ दीपावली (तिहार), नेपाल सम्वत् ११४७ को नयाँ वर्ष तथा आस्था र पवित्रताको पर्व छठपर्व २०८३ को यस मङ्गलमय पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

उज्यालो, खुसी र भाइचाराको प्रतीकका रूपमा मनाइने हाम्रा यी चाडपर्वहरूले सम्पूर्ण नेपाली समाजमा नयाँ उमङ्ग, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्नेछन् भन्ने पूर्ण विश्वास लिएको छु। हाम्रा ऐतिहासिक, मौलिक एवं सांस्कृतिक परम्पराहरूले हामी बीचको आपसी सद्भाव,सहिष्णुता र एकताको भावनालाई अझ सुदृढ र प्रगाढ बनाउन मद्दत पुर्‍याउँछन्।

खासगरी, घरभित्रै बसेर आफ्नो श्रम, सीप र समर्पणमार्फत परिवार, समाज र राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने सम्पूर्ण गृह श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको हक, हित, सामाजिक सुरक्षा र मर्यादाका लागि गृह श्रमिक सरोकार समाज नेपाल (HBWCSN)सधैँ प्रतिबद्ध र क्रियाशील रहँदै आएको छ। यी पावन पर्वहरूले श्रमको उचित सम्मान, लैङ्गिक समानता र न्यायपूर्ण समाज निर्माणका लागि हामी सबैलाई एकजुट भई अगाडि बढ्ने प्रेरणा र शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।

पुनः दीपावलीको झिलिमिली उज्यालो, नेपाल सम्वत्‌को नयाँ उमङ्ग र छठपर्वको पवित्र निष्ठाले सम्पूर्ण नेपालीहरूको घर-आँगनमा खुसीयाली, आरोग्य र समृद्धि छाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु

शुभकाङ्क्षी: प्रभा पोखरेल
अध्यक्षगृह श्रमिक सरोकार समाज नेपाल
(Home Based Workers Concern Society Nepal – HBWCSN)