युएईमा अध्ययनको सपना बेचेर ठगी गरेको आरोपमा ९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

युएईमा अध्ययनको सपना बेचेर ठगी गरेको आरोपमा ९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं, युएईका विभिन्न कलेजमा अध्ययनका लागि पठाइदिने भन्दै विद्यार्थीलाई झुक्यानमा पारी ठगी गरेको आरोपमा प्रहरीले ९ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ परेकाहरू काठमाडौंस्थित विभिन्न शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाका सञ्चालक हुन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले नेपाली विद्यार्थीलाई युएईका त्यस्ता कलेजमा अध्ययनका लागि पठाएको खुलेको छ, जसले युएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको MOHESR/Commission for Academic Accreditation (CAA) बाट आवश्यक मान्यता प्राप्त नगरेको आरोप छ।

प्रहरीका अनुसार ती सञ्चालकहरूले यस्ता कलेजमा अध्ययन गरेपछि फ्रान्स, अष्ट्रेलियालगायतका मुलुकका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफरहुने भन्दै विद्यार्थीलाई विश्वास दिलाएर आर्थिक ठगी गरेको आरोप लागेको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

विदेशमा अध्ययन गर्नुअघि सम्बन्धित कलेज र कन्सल्टेन्सीको आधिकारिक मान्यता तथा वैधानिकता अनिवार्य रूपमा पुष्टि गर्न विज्ञहरूले विद्यार्थी र अभिभावकलाई आग्रह गरेका छन्।