घर लिपपोत गर्ने क्रममा करेन्ट लाग्दा महिलाको दुःखद मृत्यु

घर लिपपोत गर्ने क्रममा करेन्ट लाग्दा महिलाको दुःखद मृत्यु

मोरङ, मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरमा घर लिपपोत गर्ने क्रममा करेन्ट लाग्दा एक महिलाको दुःखद मृत्यु भएको छ।

प्रहरीका अनुसार स्थानीय ४४ वर्षीया मन्जु कामत आफ्नै घरमा लिपपोत गरिरहेको बेला विद्युत् तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सावधानी अपनाऔँ: वर्षायाममा घर लिपपोत वा अन्य निर्माणसम्बन्धी काम गर्दा खुला वा क्षतिग्रस्त विद्युत् तारबाट सुरक्षित दूरी कायम गर्नुहोस्। सानो असावधानीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ।