१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ, फरार प्रतिवादी पनि नियन्त्रणमा
- thantikhabar
- July 14, 2026
35
SHARES
काठमाडौं, पाल्पामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् भने कञ्चनपुरमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पाल्पाको रामपुर नगरपालिका–४ खोप्टार बस्ने तथा नवलपरासी (पूर्व) बौदीकाली गाउँपालिका–३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगरलाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनका ३९ वर्षीय देवराज भट्टलाई जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादीका रूपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत कञ्चनपुरको २०७१ मंसिर २४ गतेको फैसलाअनुसार उक्त मुद्दामा १ वर्ष १० महिना ५ दिन कैद सजाय ठहर भएपछि फरार रहेका उनलाई अस्थायी प्रहरी पोस्ट दैजीबाट खटिएको टोलीले शनिबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
दुवै घटनाबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्