आकर्षक तलबको लोभ देखाएर लाखौँ ठगी! वैदेशिक रोजगारीको नाममा ५ जना पक्राउ

आकर्षक तलबको लोभ देखाएर लाखौँ ठगी! वैदेशिक रोजगारीको नाममा ५ जना पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीमा पोल्याण्ड, सर्बिया, युके, पोर्चुगल र जापान पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेका व्यक्तिहरूमध्ये:

  • पूर्णबहादुर दुरा – पोल्याण्ड पठाइदिने भन्दै १४ लाख रुपैयाँ ठगी
  • कमला खत्री – सर्बिया पठाइदिने भन्दै ४ लाख ४५ हजार रुपैयाँ ठगी
  • सरस्वती गिरी – युके पठाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी
  • रामकुमार श्रेष्ठ – पोर्चुगल पठाइदिने भन्दै १ लाख रुपैयाँ ठगी
  • अमरसिंह घर्ती – जापान पठाइदिने भन्दै २ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न पीडितबाट रकम लिएपछि सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।