खेतमा काम गरिरहेका युवामाथि बज्रियो चट्याङ, घटनास्थलमै मृत्यु

खेतमा काम गरिरहेका युवामाथि बज्रियो चट्याङ, घटनास्थलमै मृत्यु

झापा, झापामा खेतमा काम गरिरहेका एक युवकको चट्याङ लागेर दुःखद मृत्यु भएको छ।

प्रहरीका अनुसार गौरीगञ्ज गाउँपालिका–३, सयपत्री टोलमा डेरा गरी बस्दै आएका भोजपुर घर भएका ३० वर्षीय बल बहादुर श्रेष्ठ को मंगलबार बिहान चट्याङ लागेर ज्यान गएको हो।

खेतमा आली खन्ने क्रममा अचानक परेको चट्याङले उनलाई लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

वर्षायाम सुरु भएसँगै चट्याङका घटनाहरू बढ्न थालेका छन्। मौसम खराब भएका बेला खुला स्थान, खेतबारी तथा अग्ला रुखमुनि बस्न वा काम गर्न नहुने भन्दै विज्ञहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।