टर्की र बेलायत पठाइदिने सपना देखाएर लाखौं ठगी, दुई जना पक्राउ
- thantikhabar
- June 24, 2026
27
SHARES
काठमाडौं, वैदेशिक रोजगारीको आकर्षक अवसर देखाएर सर्वसाधारणबाट लाखौं रुपैयाँ असुली सम्पर्कविहीन हुने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार टर्की र बेलायत पठाइदिने भन्दै पीडितहरूबाट रकम उठाएर फरार भएका ४९ वर्षीय सुरेश गिरी र ७० वर्षीय बिर बहादुर श्रेष्ठलाई सोमबार पक्राउ गरिएको हो।
सुरेश गिरीले टर्की पठाइदिने आश्वासन दिएर एक पीडितबाट १ लाख ९० हजार रुपैयाँ र बिर बहादुर श्रेष्ठले बेलायत पठाइदिने भन्दै अर्को पीडितबाट २ लाख रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि दुवै जना सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।
उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
- वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पाँच जना पक्राउ, लाखौं रुपैयाँ असुलेको आरोप
- कुमारी बैंक र NIMBUZZ सम्झौता : मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा उपलब्ध
- पर्यटक र यात्रुलाई दुःख दिने आठ जना पोखराबाट पक्राउ
- हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक पक्राउ, १ अर्ब ८९ करोडभन्दा बढीको कारोबार खुलासा
- इन्टरपोलको रेड नोटिसपछि कतारबाट पक्राउ परेका फरार प्रतिवादी नेपाल ल्याइए
- आजको मौसम: २०८३ साल श्रावण १४ गते, बिहीबार
- आजको राशिफल: २०८३ साल श्रावण १४ गते, बिहीबार
- वीर अस्पतालको सेवा–सुविधा सुधार गर्न पूर्व डीआईजी रमेश प्रसाद खरेलको आग्रह
- न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ
- प्रहरी महानिरीक्षक कार्कीद्वारा धनुषामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन
-
मनसुन सक्रिय: देशका धेरै स्थानमा वर्षा, सतर्क रहन आग्रह
July 21, 2026

प्रतिकृया दिनुहोस्