घरबाट नगद र चाँदीका गरगहना चोरी, अनुसन्धान तीव्र

घरबाट नगद र चाँदीका गरगहना चोरी, अनुसन्धान तीव्र

महोत्तरी,  महोत्तरीको मनराशिसवा नगरपालिका–२ भोलहीमा एक घरबाट नगद तथा चाँदीका गरगहना चोरी भएको छ।

स्थानीय ५० वर्षीय ललित मण्डलको घरबाट गए राति चाँदीका विभिन्न गरगहना र नगद ९० हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र बनाएको छ। चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयवासीलाई घर तथा सम्पत्तिको सुरक्षाप्रति सचेत रहन र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।