करेन्ट लागेर दुई जनाको दुःखद मृत्यु

करेन्ट लागेर दुई जनाको दुःखद मृत्यु

काठमाडौं,  करेन्ट लागेर मोरङ र सिराहामा दुई जनाको ज्यान गएको छ।

मोरङको रतुवामाई नगरपालिका–४ सिंघारी निवासी तथा नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्र मा कार्यरत ४६ वर्षीय सुर्जानन्द मण्डलको विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। शुक्रबार हटियाडाँडास्थित विद्युत पोलमा चढेर मर्मत कार्य गरिरहेका बेला उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि रंगेली अस्पताल लगिए पनि उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

यस्तै, सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाही निवासी ४६ वर्षीया संतुलिया देवी मण्डल को आफ्नै बारीमा पानी तान्ने विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको छ।

घटनापछि दुवै स्थानमा शोक छाएको छ। विद्युतसँग सम्बन्धित काम गर्दा आवश्यक सुरक्षा सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

विद्युतसँग सम्बन्धित कुनै पनि काम गर्दा सुरक्षा उपकरणको प्रयोग र सावधानी अत्यन्त आवश्यक छ।