कपिलवस्तुमा नक्कली नोटसहित एक महिला पक्राउ

कपिलवस्तुमा नक्कली नोटसहित एक महिला पक्राउ

कपिलवस्तु, जेठ — कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरबाट नेपाली ५ सय दरका १९ थान नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीया बबिता थापा रहेकी छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्ने क्रममा उक्त नक्कली नोट बरामद गरेको जनाएको छ।

बरामद नोटको स्रोत तथा सम्भावित संलग्नताबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनासम्बन्धी थप विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीको भनाइ छ।

नक्कली मुद्रा कारोबार नियन्त्रण तथा आर्थिक अपराध न्यूनीकरणका लागि प्रहरीले निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाएको जनाएको छ।