काठमाडौं र सिन्धुलीमा लागूऔषध विरुद्ध प्रहरीको ठूलो कारबाही, दुई जना पक्राउ
- thantikhabar
- June 10, 2026
79
SHARES
काठमाडौं, २७ जेठ — लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाइरहेको प्रहरीले काठमाडौं र सिन्धुलीबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२६ कपुरधारा स्थित सप्तकन्या गल्लीबाट सुनसरी दुहवी नगरपालिका–८ घर भएका २५ वर्षीय टंकनाथ निरौला (दिपक) लाई करिब १६ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी वृत्त लैनचौरको टोलीले विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।
त्यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान क्षेत्रमा २४ वर्षीय सुमन श्रेष्ठ पक्राउ परेका छन्। धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ८०१ नम्बरको हायस मा गरिएको जाँचका क्रममा उनको साथबाट २ सय मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै घटनामा बरामद लागूऔषधको स्रोत, ओसारपसार सञ्जाल तथा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ।
पछिल्लो समय लागूऔषध कारोबार र ओसारपसार विरुद्ध सुरक्षा निकायले देशभर निगरानी र कारबाहीलाई थप कडा बनाएको छ।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्